Ads

माओवादीको अवस्था पेरुको साइनिङ पाथको जस्तो हुन्छः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)को अवस्था अब केहि समयपछि पेरुको साइनिङ पाथको जस्तो हुने बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमी दोर्जी लामाको नेतृत्वमा हुम्लाका अन्य स्थानीय नेताहरुलाई एमाले प्रवेश गराउदै उक्त कुरा बताएका हुन् । अध्यक्ष ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेको भन्दै ओलीले भने ,‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला माओवादीको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’

माओवादीका पूर्व कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, हुम्ला जिल्ला कमिटीका ३७ जना सदस्य लगायत जनसंगठनका पनि केहि नेताहरु एमाले प्रवेश गरेका छन् ।

बालकोटमा एमालेका हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो

Ads

सम्बन्धित पोष्टहरू