Ads

प्रधानमन्त्री देउवा सहभागी हुने गुजरात शिखर सम्मेलन स्थगित


काठामाडौं । भारतको गुजरात राज्यमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच गुजरात सरकारले भाइब्रेन्ट शिखर सम्मेलन स्थगित गरेको छ ।

शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम तयभएको थियो ।

उक्त शिखर सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । शिखर सम्मेलन​मा भाग लिनका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू