Ads

विधानसम्मत निर्वाचित भएको हुँः विनोद चौधरी


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको १४ औँ महाधिवेशनबाट विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्वाचित भएको बताएका छन् ।
चौधरी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि उक्त कुरा बताएका हुन् । चौधरीसंगै प्रतिस्पर्धा गरेका सिरहाका सुभाषचन्द्र यादवले आयोगमा उजुरी दिएका छन् । यादवले चौधरी नेपाली कांग्रेसको विधान विपरित केन्द्रीय सदस्यमा निर्वाचित भएको भन्दै आयोगमा उजुरी दिएका छन् ।

महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि चौधरीले बताएका छन् ।

उनले आफूविरुद्ध आयोगमा उजुरी परेपछि सामाजिक संञ्जालमा लेखेका छन्, ‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’

उजुरीलाई उनले आफ्नो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएको पनि बताएका छन् । उनले आप्नो सपना समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् । उनले भनेका छन् ‘समृद्ध नेपाल निर्माण गर्ने सपना पुरा गर्नको लागि नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ । म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’
उनी कांग्रेसका सांसद पनि हुन् ।

Ads

सम्बन्धित पोष्टहरू