काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।
पदाधिकारी चयनका लागी यही पुस २५ गते बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको हो ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएका नेताहरु मध्य ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने अन्य ६ जना नेता बिरामी परेका छन् । संक्रमणका बेला बैठक गर्न असहज रहेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका हुन् । केन्द्रीय कार्यालयका अनुसार अध्यक्षपछिका पदाधिकारी चयन गर्न बाकीँ रहेको केन्द्रीय समितिको बैठक अब राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्