Ads

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी


काठमाडौं । सत्तागठबन्धनको समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा सरकार सञ्चालनमा परेका समस्याका साथै आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल भइरहेको बताइएको छ । समितिको बैठक बिहीबार पनि बसेको थियो । पछिल्लो समयमा प्रमुख प्रतिपक्ष दलले संसदमा विरोध र अबरुद्ध गदै आएको छ ।

बिहीबारको बैठकमा नेता रामचन्द्र पौडेलले संसदको अवरोध हटाउने, अदालतको समस्यामा समाधान खोज्नुपर्ने लगायतका १६ बुँदे सुझाव पेश गरेका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।

बुधबार पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद अवरोध खुलाउने विषयमा छलफल गरेका थिए । सो कुराको जानकारी समेत समितिको बैठकमा छलफल भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू