Ads

राष्ट्रिय सभा निर्वाचन एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम एमालेको प्रतिकुल आउने बताएका छन् । शुक्रबार देशभरका एमालेका ६१ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थ जनादेश नभएको पनि दाबी गरे ।

राष्ट्रिय सभाको निर्वाचन चार वर्षअघि विभिन्न पक्षसंग भएको सिट बाँडफाँटको हो जुन अहिले गठबन्धन बनाएर एमाले हराउने हतियार बनाएका ओलीले बताए । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ ।

ओलीले भने, ‘अहिले पनि एक्लै हामी मजबुत छौं । तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकुल परिणाम आउनसक्छ । जुन आजको जनादेश होइन ।’

गठबन्धनमा जुन जति कमजोर छ त्यति नै चर्को स्वरमा गठबन्धन आवश्यक भन्दै कराएको बताए । उनले एमालेलाई गठबन्धन नचाहिएको एक्लै लड्न सक्ने बताए ।

राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । जसमा पाँच दलको गठबन्धले साझा उम्मेदवारहरु चयन गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू