Ads

ए डिभिजन लिग : सङ्कटा र सातदोबाटोको खेल बराबरीमा टुङ्गियो


काठमाडौँ । कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । रोचक प्रतिस्पर्धा भैरहेको उक्त खेलमा पहिलो हाफमा नै दुवै टोलीले एक एक गोल गरेका थिए । सातदोबाटोका लागि सुशील राईले २३औँ मिनेटमा गोल गर्दा सङ्कटाका लागि जय गुरुङले एक गोल गर्दै खेललाई बराबरी बनाएका हुन् । खेलको ३२औँ मिनेटमा सङ्कटाका खेलाडी जयाले गोल गरेका थिए । खेलको दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि एक–एक गोलको बराबरीमा खेल टुङ्गिएको हो । बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा ८ खेलबाट १४ अङ्क सहित अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ भने सातदोबाटो ९ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा पुगेको छ ।
आज पौने ५ बजे हुनेछ दोस्रो खेलमा एपीएफ फुटबल क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू