काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको भेटवार्ता सकिएको छ । शनिबार बिहान ओली निवास भक्तपुरको बालकोटमा भएको भेठवार्ता सकिएको छ।

प्रधानमन्त्री देउवा ओली भेट्न आज बिहान बालकोट पुगेका थिए । दुई जनाबीचको भेटवार्ता केही बेरअघि सकिएको हो।
पत्रकारले वार्ता कस्तो भयो भनेर सोध्दा एमाले अध्यक्ष ओलीले ‘राम्रो भएको प्रतिक्रिायमात्र दिएका छन् । दुबै नेताले भेटवार्ताबारे विस्तृत जानकारी दिएनन्।
प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसदको गतिरोध हटाउनेबारे छलफल भएको बताएको छ। तर छलफलमा के सहमति भयो ?
जानकारी आइसकेको छैन।
दुवैले दुई नेताबीच मात्रै भेट भएका कारण कुन कुन विषयमा छलफल भयो भनेर बाहिर आएको छैन ।
प्रधानमन्त्री देउवालाई पाँचदलीय गठबन्धनद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिले शुक्रबार संसदमा जारी अवरोध खुलाउन एमाले अध्यक्ष ओलीसँग छलफल गर्न सुझाव दिएको थियो।
प्रतिक्रिया दिनुहोस्