नेकपा एमाले रुपन्देहीको जारी नवौं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ ।
उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको छ । अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाममा चित्त नबुझेको खण्डमा मतदानमा जाने गरि निर्वाचनको तालिका समेत सार्वजनिक भएको छ ।
आज बेलुकी उम्मेदवारी दर्ता गरेर भोलि ८ बजेदेखि मतदानको प्रक्रिया सुरु गर्नेगरी तयारी भएको अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो । तस्बिर: अमृत गिरी
प्रतिक्रिया दिनुहोस्