काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
उनले शनिबार विमानस्थलको अनुगमन गर्दै खराब मौसमका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । मन्त्री आलेका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र मौसममा सुधार भए लगत्तैै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुनेछ ।
धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण लगायत सबै चिजको जाँच गरेपछि मात्र परीक्षण उडान गर्नुपर्ने नियम छ । विमानस्थलमा जडान गर्नुपर्ने थप उपकरण संगै निर्माणाधिन भौतिक संरचनको निर्माण सम्पन्न गर्न समेत मन्त्री आलेले निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्