Ads

एमाले :अधिकांश जिल्लामा आज नेतृत्व चयन हुँदै,कयौंमा सर्वसम्म्त


काठमाडौं । नेकपा एमालेले शुक्रबार देशका करिब ६१ जिल्लामा जिल्ला अधिवेशन एकचोटी उद्घाटन गरेको छ । अधिकांश जिल्लाहरुमा अहिले पनि अधिवेशन जारी छन् । तीन दिन देखि जारी अधिवेशनको उद्घाटन गदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म नेतृत्व चयन सर्वसम्मत तरिकाले गर्न भनेका थिए ।

धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहति हुन नसक्दा निर्वाचन प्रक्रिया अपनाउने तयारी भएको एमाले स्रोतले बताए । एमालेका २२ जिल्लामा भने अध्यक्ष र केहिमा पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

केहि जिल्लामा पार्टी भित्रको विवाद र केहिमा भौगोलिक कठिनाइका कारण शुक्रबार अधिवेशनबाट सुरु हुन सकेको छैन । जसमा १६ जिल्ला रहेका छन् । एमालेमा केन्द्रमा कुनै गुट नभएपनि जिल्ला जिल्लामा केन्द्रीय तहका नेताहरुले आआफ्ना गुट चलाउदा पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको एक केन्द्रीय सदस्यले बताए ।

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु

१. झापाः दीपक कार्की
२. मोरङः ऋषिकेश पोखरेल
३. खोटाङःरामप्रसाद दंगाल
४. धनकुटा ः इन्द्रमणि पराजुली
५. सप्तरीः ताराकान्त चौधरी
६. धादिङः भूमी त्रिपाठी
७. काभ्रेपलाञ्चोकःअशोक ब्यान्जु
८. भक्तपुरः बचन देउजा
९. रसुवाः कर्णेल तामाङ
१०.गोरखाः प्रेम गुरुङ
११. तनहुः श्रीप्रसाद श्रेष्ठ
१२. पाल्पाः धनेन्द्रराज घिमिरे
१३. गुल्मीः बालकृष्ण काउछा मगर
१४.अर्घाखाचीः पिताम्बर भुसाल
१५.बाँकेःकिस्मत कुमार कक्षपती
१६. बर्दियाः लालबहादुर श्रेष्ठ
१७. दाङः हुकुमबहादुर बस्नेत
१८.रुपन्देहीः तेजेन्द्र केसी
१९.डोल्पाः शेरबहादुर बुढा
२०.सल्यानः गोविन्द पुन मगर
२१.कपिलवस्तुः डम्मर शर्मा (निर्वाचित)
२२.नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी (निर्वाचित)
२३.खोटाङःराम प्रसाद दंगाल

गैरभौगोलिक जिल्ला
२४. मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२५. पेशागत विशेषः उमेश ढकाल
दुई जिल्लामा हिजै मतदानबाट नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा भने आज आइतबार मतदान हुने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू