Ads

नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायी


काठमाडौँ । केहि दिन अघिदेखी आन्दोलनरत विद्यार्थीहरुको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन सुरु गरेका छन् ।

एमबिबिएस अध्ययनका लागि भर्ना भएका नोबेल मेडिकल कलेजका विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र विद्यार्थीलाई प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरुले प्रशासनमा तालाबन्दी गरेर थिए । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने र ताला खोल्ने प्रयास गरेमा आगो लगाउने चेतावनी समेत दिएका विद्यार्थीले आज पनि प्रदर्शनको तयारी गरिरहेका बेला उनिहरुका विरुद्ध ब्यवसायीहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

मेडिकल कलेजमै तालाबन्दी भएपछि आफूहरु मारमा परेको ब्यवसायीको भनाई छ । तर मेडिकल प्रशासन विरुद्धको आन्दोलन मेडिकल परिसरमै हुने भन्दै विद्यार्थीले अडान लिएका छन् । मेडिकल कलेज विरुद्धको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनको समेत समर्थन रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू