Ads

नेपाल प्रहरीका ३४ एसपी सरुवा, यस्तो छ सूची


काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार एसपीको सरुवा गरेका हुन्।

सरुवासँगै कन्चनपुर, सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी र झापाका प्रहरी प्रमुख फेरिएका छन्।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू