काठमाडौँ । पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४ सय ९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा कोरोना संक्रमणदर औषतमा ९.५ प्रतिशत पुगेको छ ।
संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैलाई सावधानी अपनाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्