काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि आइतबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।
उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो । प्रवक्ता सिंहका अनुसार उहाँका चालकको पीसीआर रिपोर्ट भने पोजिटिभ आएको छ । चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मन्त्री कार्की केही दिन चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमै बस्ने प्रवक्ता सिंहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्