काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको जारी फुटबलमा थ्री स्टार क्लबले सहज जित निकालेको छ ।
आज (आइतबार) भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्र खेलमा थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गरेका थिए भने थ्री स्टारले अर्को एक गोल आत्मघाती उपहार पाएको हो । शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा अमृतले आत्मघाती गोल गरेका हुन् । त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । आजको जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ । शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ ।
शुक्रबार देखी जारी ए डिभिजन लिगमा हाल सम्म ६ खेल भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्