Ads

प्रधानमन्त्री कप प्रतियोगिता आजदेखी सुरु, पहिलो दिन ४ खेल हुने ।


काठमाडौँ । प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज(सोमबार) देखी काठमाडौँमा सुरु हुदैछ । आज देखी माघ ५ गते सम्म हुने उक्त प्रतियोगिता नेपाल क्रिकेट सङ्घले आयोजना गरेको हो ।
प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । टियु मैदानमै हुने दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने तेस्रो खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेश विरुद्ध खेल्नेछ भने सोहि मैदानमा हुने आज पहिलो दिनको अन्तिम खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने छन् ।

प्रतियोगितामा सहभागी १० टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं. १, त्रिभुबन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेश र रहेका छन् । समूह ‘बी’ मा प्रदेश नं. २, नेपाल एपीएफ क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखी सुरुहुने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई यातायात, खाना, बस्नको व्यवस्था सगैँ १ हजार ५ सय म्याच फि दिने भएको छ । क्यानले विभागिय सहित सम्पुर्ण टोलीलाई होटलमा राखेको बताएको छ । यस प्रतियोगितालाई ओमनमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू