Ads

ए डिभिजन लिग : आज आठौं चरणको अन्तिम एक खेल मात्र हुने


काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज(सोमबार) एक खेल हुँदैछ । आठौं चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अन्तिम खेल १ः०० बजे सुरु हुनेछ । पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । आजको खेलमा पुलिसले ब्रिगेडलाई हराएर अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । ब्रिगेड पनि पुलिसलाई हराएर अंक तालिका सुधार्ने प्रयासमा रहेको छ ।
शुक्रबार देखी जारी ७ खेल मध्य पहिलो दिन २ खेल, दोस्रो दिन ३ र तेस्रो दिन १ खेल भएको थियो ।

पहिलो दिनको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबले १–१ गोल गरेर बराबरी खेलेका थिए । दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लबले पनि बराबरी खेलेका छन् । त्यस्तै दोस्रो दिनको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । दोस्रो दिनकै अर्को खेलमा मनाङ मर्स्याङदी क्लबले च्यासल युथ क्लबमाथि ५–० गोलअन्तरको सानदार जित निकाल्यो । दोस्रो दिनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम एनआरटी माथी १–० को संघर्षपूर्ण जित गरेको थियो । खेलको तेस्रो दिन थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो ।

आज अन्तिम दिन १ खेल हुन लागेको छ ।

Ads

सम्बन्धित पोष्टहरू