Ads

बढ्दै कोरोना संक्रमण : खोप अभियान तिव्र


काठमाडौँ । कोरोना संक्रमण बढेसँगै सरकारले विद्यार्थीहरुमाझ खोप अभियान तीव्र पारेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाका विद्यालयहरुमै गएर बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको हो ।

भक्तपुरमा आज (सोमबार) देखि खोप अभियान सुरु भएको छ भने काठमाडौं र ललितपुरमा पनि खोप अभियान संचालन गरिदैछ । काठमाडौं र ललितपुरमा फाइजर र भक्तपुरमा मोडर्ना खोप लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको हो । विभागका अनुसार सरकारले कुन खोप कुन समूहका व्यक्तिहरूलाई दिने भनेर खोप सल्लाहकार समितिको सुझाव अनुसार निर्णय गर्ने गर्दछ ।
भक्तपुरमा विद्यार्थीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले कोभिडविरुद्धको खोप दिएको छ । सरकारले बढ्दो संक्रमणको जोखिमबाट सुरक्षित रहनका लागी आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू