Ads

मुलुकले लकडाउनको बाटो रोज्नु हुँदैनः अर्थमन्त्री शर्मा


काठमाडौं । देशमा ओमिक्रोन बढीरहेको छ । पछिल्लो समयमा अस्पतालहरुमा कोरोनाका विमारीको चाप बढीरहेको छ । तर अर्थमन्त्री जनार्दन शर्माले मुलुकले कुनैपनि हालतमा लकडाउनको बाटो रोज्न नहुने बताएका छन् ।

राजधानीमा सोमबार आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताए । शर्माले अब फेरे पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए ।

अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । उनले भने, ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने ? यसो नगर्नुहोस् । सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं ।’

यस्तै, तरलता अभावकै बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा समेत कमी गर्न मन्त्री शर्माले निजी क्षेत्रसँग आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू