Ads

माघ १५ गते सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज(सोमबार) मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माघ १५ सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको हो । बिदा दिइसकेका विद्यालय माघ १५ सम्म बन्द रहने र परीक्षा जारी रहेका कलेज र विद्यालयललाई स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सकेपछि बिदा दिनका लागी मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ ।

सीसीएमसीको सिफारिस अनुसार मन्त्रालयको निर्णय सार्वजनिक गर्न लागिएको मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू