Ads

पिएम कप : आर्मीद्धारा कर्णाली ६३ रनले पराजित


काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आज(सोमबार) देखी सुरु कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो ।

आर्मीले कर्णाली प्रदेशलाई १सय १७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको हो ।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा प्रदेश नं २, शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू