काठमाडौँ । कोरोना भाईरसको सक्रमण तिव्र गतीमा फैलिए संगै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
आज(सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै भोलि देखी लागु हुने गरी सबै विद्यालय बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो । विदाको उक्त अवधीमा १२ वर्ष देखी १७ वर्ष उमेर समुहका सवै विद्यार्थीलाई स्थानिय तहमा रहेको स्वास्थ्यचौकीमा कोरोना विरुद्धको खोप दिने अभियान संचालन गरिएको हुँदा खोपका लागी विद्यालय संग सम्पर्क गरेर तोकिएको समयमा खोपकेन्द्रमा गई खोप लगाउन लक्षित समुहलाई मन्त्रालयले अनुरोध गरेको छ ।
परिक्षा जारी रहेका विद्यालय तथा क्याम्पसले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्ण रुपमा पलना गरी परिक्षा संचालन गर्ने र परिक्षा सकिए लगत्तै विदा दिन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माका अनुसार कोरोना भाईरसको संक्रमण संगै ओमिक्रोन पुष्टि भएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय सार्वजनिक गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्