काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज(सोमबार) पहिलो दिन चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो उद्धघाटन खेलमा नेपाल आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ ।
किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा भएको उद्घाघटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको हो ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको हो । जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोडेको हो ।
मुलपानी क्रिकेट मैदानमै भएको तेस्रो खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई हराउँदै आफ्नो विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई २ रनको झिनो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको ९४ रनको सामान्य लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित २० ओभर खेल्दै मात्र ९१ रन जोडेको थियो ।
आज भएको अन्तिम खेलमा नेपाल एपिएफ क्लबले पनि विजयी सुरुवात गरेको छ । टियु क्रीकेट मैदानमा भएको खेलमा एपिएफले प्रदेश दुईलाई २४ रनले पराजित गरेको हो । एपिएफले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटिन पुगेको थियो । टस जितेर ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्