Ads

त्रिभुवन विमानस्थलमा उच्च सावधानी, भिजिटर पास बन्द


काठमाडौँ । कोरोना भाइरसको बढ्दो संक्रमण र ओमिक्रोनको पुष्टि भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उच्च सावधानी अपनाउने भएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण समेत बन्द गरेको छ । कार्यालयका अनुसार अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नगराउने भएको हो । छिमेकी मुलुक संगै नेपालमा पनि संक्रमण फैलिएपछि कार्यालयले हवाई यात्राका दौरानमा समेत आवशयक मापदण्ड पालना गर्न सम्पुर्ण सरोकारवालालाई आग्रह गरेको छ ।

विमानस्थलमा यात्रुको चाप र स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै अति आवश्यकतामा बाहेक यात्रु बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ । आवश्यक नभएको खण्डमा भिडभाड नगर्न पहिले पनि अनुरोध गरेको तर भिडभाड नघटेपछि पुनः सुचना जारी गर्दै भिडभाड नगरेर सहयोग गरिदिन अनुरोध गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू