Ads

अफगानिस्तानमा आर्थिक संकट, ५ अर्ब डलर आवश्यक


काठमाडौँ । अफगानिस्तानलाई ५ अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । मानवीय दुर्घटनाबाट जोगाउनका लागी अफगानिस्तानलाई पाँच अर्बको आवश्यकता परेको हो ।

पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत आवश्यक छ ।

राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थल अफगानिस्तानमा चौतर्फी मानवीय संकट भएको र अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नू भन्दै अनुरोध गरेका छन् । बढ्दो भोक, रोक, कुपोषण र असामयिक मृत्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरिरहेका छन् ।
१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढेको हो । मूल्य बृद्धि र बरोजगार दर उच्च रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू