काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै एमाले को प्रदेश अधिवेशन सरेको बताइएको छ ।
यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
प्रदेश अधिवेशन सरेको जानकारी प्रदेश कमिटीमा गराएको अधिकारीले जानकारी दिए । त्यस्तै एमालेले अधिवेशन हुन बाँकी जिल्लाहरुलाई माघ २२ गतेसम्म अधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिइको उनले बताए ।
एकसातायता देशभरी नै कोरोना संक्रमण दर बढेको छ । सरकारले समेत २५जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । शैक्षिक संस्था बन्द भएका छन् ।
प्रतिक्रिया दिनुहोस्