काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले तत्काल कसैसँग पनि पार्टी एकताको सम्भावना नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र तथा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्काल एकता नहुने बताए ।
उनले भने, ‘यसपटक भएका महाधिवेशनले को कस्तो भन्ने छर्लङ्ग देखिएको छ। कसैले हिन्दू राजादेखि अन्य कुरामा प्रष्ट हुने मौका पाइएको छ।’
अरु कुनै पार्टीको नाम नै नलिएर अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्नुपर्ने उनले बताए। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको दोहोर्याए।
आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने तर माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षक बताउदै आएकाले पनि एकता सम्भवन नभएको उनले बताए ।
प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो भनेर नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै वैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ। उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन।ु
प्रतिक्रिया दिनुहोस्