Ads

उपत्यकामा संक्रमणको झन् जोखिम,यस्तो छ तीन जिल्ला प्रशासनको आदेश


काठमाडौँ । तिव्ररुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज(मंगलबार) राती १२ बजे देखी लागू हुने गरी सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाईएको छ ।

आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव तथा अन्य भिडभाड गर्न रोक लगाएको हो ।

बैठकले राती १२ बजेदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेको छ । कुनै पनि सभा सम्मेलन गर्नै पर्ने भएमा प्रशासनको अनुमति आवश्यक पर्नेछ । उक्त बैठकले माघ ७ गते देखी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा अनिवार्य रुपमा खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेश दिदै सुरक्षाका मापदण्डहरु अपनाउन समेत सम्पुर्ण सर्वसाधरणमा अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू