Ads

मुलुकको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने अनुमान


काठमाडौँ । चालु आर्थिक वर्ष २०२२÷२३ मा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा मात्रै सीमित रहने अनुमान गरिएको छ ।

विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा आज(बुधबार) जारी गरेको प्रतिवेदनमा सन् २०२२÷२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको हो । कोरोना संक्रमणबाट बच्नका लागी खोप लगाउनेको संख्यामा आएको बृद्धिसँगै कृषि क्षत्रको उत्पादनमा हुने वृद्धि र सेवा क्षेत्रमा भएका केही सुधारका आधारमा विश्व बैंकले चालु आ.वमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा मा सिमित हुने अनुमान गरेको छ ।

सन् २०२१ को मध्यतिर कोभिड संक्रमणको दोस्रो लहर र लकडाउनका कारण विश्वअर्थतन्त्रमा ठूलो गिरावट आएको थियो । कोभिडबाट व्यहोर्नुपरेको क्षती उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म विश्वअर्थतन्त्रमा खासै परिवर्तन नआउने अनुमान समेत
गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू