काठमाडौँ । कोरोना संक्रमण फैलिएसंगै नमुना परिक्षणलाई पनि तिव्र पारिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बढिरहेको संक्रमणको जोखिमबाट बच्नका लागी आवश्यक सुरक्षाकाका मापदण्डहरु पालना गरि सबैलाई सावधानी अपनाउन पनि मन्त्रालयले अनुरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्