Ads

‘स्मार्ट लकडाउन’को उपहास : न भौतिक दूरी, न स्वास्थ्य सावधानी


सविना पौडेल,खबरपोस्ट

काठमाण्डौ उपत्यका कोरोना हटस्पट जस्तै बन्दै गइरहेको छ । उच्च जोखिम देखेरै तीन वटै जिल्लाका प्रशासनले मंगलबार रातिदेखि स्मार्ट लकडाउन लागु  गरेका छन् ।  । तर उपत्यकामै सरकारी निकायकै कार्यक्रममा यस्तो नियमको उल्लंघन र स्वास्थ्य लापर्वाहीका गतिविधिहरु भइरहेका छन् । एक उदाहरण हो—मतादाता नामावली संकलनमा न भौतिक दूरी, न स्वास्थ्य सावधानी ।

काठमाडौँ । काठमाण्डौ उपत्यका कोरोना हटस्पट जस्तै बन्दै गइरहेको छ । उच्च जोखिम देखेरै तीन वटै जिल्लाका प्रशासनले मंगलबार रातिदेखि स्मार्ट लकडाउन लागु गरेको छ । यस्तो लकडाउनको यौटा प्रमुख विशेषता हो—२५ जना भन्दा बढि सार्वजनीक रुपमा जम्मा हुन नपाउनु । तर उपत्यकामै यस्तो नियमको उल्लंघन र स्वास्थ्य लापर्वाहीका गतिविधिहरु भइरहेका छन् ।
एक उदाहरण हो—मतादाता नामावली संकलनमा भिडभाड । आगामी निर्वाचनमा मत प्रयोग गर्नका लागि मतादाता नामावलीमा आफ्नो नाम दर्ता गराउन नागरिकहरुको चाप बढिरहेको छ । चिसो मौसमको प्रवाह नगरी आफ्नो नाम दर्ता गराउनका लागि नागरिकहरु घण्टौसम्म लामो लाइनमा उभिने गरेका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको केन्द्रलाई आधार मानेर गत मंसिर १७ गते देखी संचालन गरेको मतदाता नामावली दर्ता विषेश कार्यक्रम पौष १९ सम्म सम्पन्न गर्ने भनेतापनि हालसम्म नाम दर्ता भैरहेको छ । देशभरका निर्वाचन कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयहरु र ईलाका प्रशासन कार्यलयहरुबाट मतदाता नामावली संकलनको कार्यलाई निरन्तरता दिइएको हो ।
बढ्दो संक्रमणकाविच जारी छ काम

स्वास्थ्य मापदण्ड सम्वन्धमा प्रशासनले दिएको निर्देशन र संचालन भैरहेको कार्यक्रमहरु बिच कुनै तालमेल देखिदैन । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरु बैठक बसेर १८ बुँदे निर्देशन जारी गरेका थिए । कोरोना संक्रमणलाई मध्यनजर गर्दै पौष २७ गते मंगलबार राती १२ बजे देखि लागू हुने गरी सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाईएको छ । तर मतदाता नामावली दर्ता गर्ने निकायहरुलाई हेर्ने हो भने निर्देशन दिनका लागि दिए जस्तो मात्र देखिन्छ ।
काठमाडौं उपत्यकामा राजनीतिक भेला, महोत्सव तथा अन्य भिडभाड नगर्न निर्देशन दिएपनि बुधबार अनामनगर स्थित जिल्ला निर्वाचन कार्यालयको दृश्य उक्त निर्देशन भन्दा फरक थियो । नाम दर्ताका लागि लाईनमा ४ सय देखी ५ सयसम्म नागरिकको घुईचो थियो । तर भौतिक दुरी संगै अन्य सुरक्षाका मापदण्डहरु अपनाईएका थिएनन ।
कोरोना महामारीका विच दर्ता कार्यक्रमलाई कसरी व्यवस्थापन गर्नुभएको छ त ? खबरपोस्टको यस्तो प्रश्नबारे निर्वाचन कार्यालयका अधिकारीहरु नै अलमल देखिए ।
निर्वाचन कार्यालय काठमाडौँका अनुसार कोरोनाको जोखिम भएतापनि कार्यालयमा साघुरो ठाउँ भएका कारण नागरिकको लाईनमा भौतिक दुरी सम्भव छैन । निर्वाचन कार्यालय काठमाण्डौका सूचना अधिकारी समिता बस्नेत भन्नुहुन्छ ‘हामीले सबैलाई माक्स अनिवार्य भनेका छौ ।’ सुरक्षाका लागि सक्दो प्रयास गरिरहेको पनि उहाँको तर्क छ ।
तर दृश्यहरु फरक छन् । नामावली दर्ताका क्रममा फोटो खिच्ने बेला मात्र भौतिक दुरी देखिन्छ । लाईनमा ढकेलाढकेल गर्दै उभिएर भित्र फोटो खिच्ने बेलाको भौतिकदुरीले संक्रमण रोकथाममा सहयोग गर्न सक्ला त ? यसको उत्तर कसैसंग छैन । दिनभर ४ सय देखी ५ सय सम्मको भिड हुने ठाउँमा न बाहिर उभिनेलाई स्यानिटाईजर छ न त सुरक्षाका लागि कुनै मापदण्ड नै छ ।
स्वास्थ्य सुरक्षा व्यवस्थापनका अन्य निकायबाट खास सहयोग नभएको र सहयोग गर्ने जानकारी पनि नआएको कार्यालय श्रोतको दावी छ ।

‘हरेक निर्वाचन समयमै हुनुपर्छ । त्यसका लागि यस्ता तयारी पनि जारी राख्नुपर्छ । तर प्रशासनकै आदेशको उल्लंघन हुँने गरी यस्तो असुरक्षा र लापर्वाही त निकै खतराको कुरा पो हो । ’ सापकोटाको भनाईमा यस्तो उच्च जोखिममा सरकारी निकायहरुले स्वास्थ्य सुरक्षामा निकै सावधानी अपनाउनु जरुरी छ ।

मतदाता नामावलीमा आफ्नो नाम छुट्ने हो कि भन्ने चिन्ताले जोखिम मोलैरै भएपनि आफूहरु लाईनमा लागेको सर्वसाधारणको भनाई छ । भीडभाडयुक्त लाईनमा भेटिएका एक सर्वसाधारण दयानिधी सापकोटाको भनाई छ —󠇊‘हरेक निर्वाचन समयमै हुनुपर्छ । त्यसका लागि यस्ता तयारी पनि जारी राख्नुपर्छ । तर प्रशासनकै आदेशको उल्लंघन हुँने गरी यस्तो असुरक्षा र लापर्वाही त निकै खतराको कुरा पो हो । ’ सापकोटाको भनाईमा यस्तो उच्च जोखिममा सरकारी निकायहरुले स्वास्थ्य सुरक्षामा निकै सावधानी अपनाउनु जरुरी छ ।
मंसिर १७ गते देखी संचालन भैरहेको मतदाता नामावली दर्ता कार्यक्रममा काठमाडौँ जिल्लाको स्थानिय तहमा पहिलो चरणमा ५ हजार ८ सय १० र दोस्रो चरणमा ८ हजार ५५ नाम दर्ता भैसकेका छन् । त्यस्तै राष्ट्रिय सभा गृह, जिल्ला प्रशाशन कार्यलय र ईलाका प्रशासन कार्यलयबाट काठमाडौँ जिल्लाको नामावली दर्ता भैरहेको छ जसमा ६ हजार १ सय ८८ भएको छ । काठमाडौँमा नाम दर्ता गरेर बाहिरी जिल्ला पठाउनेहरु १८ हजार ७ सय ५५ नाम दर्ता भएको छ । यसरी मंसिर १७ गते देखी हालसम्म ३८ हजार ८ सय ८ जना मतदाताको नाम दर्ता भएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू