काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेजको शुल्कवृद्धि बारे आज(शुक्रबार) बार्ता गदैछ । मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षहरुसँग वार्ता सुरु गरेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सिंहदबारमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा, शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, आन्दोलनरत विद्यार्थी र अभिभावकका प्रतिनिधिहरुको सहभागीतामा वार्ता भैरहेको छ ।
शुल्कवृद्धिको विरोध गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि यस अघि नै शिक्षा मन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्