काठमाडौं । सरकारले २३ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ । उनीहरुलाई मन्त्रालय बोलाएर नियुक्तिपत्र दिएर शपथग्रहण गराएको बताइएको छ ।
गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको थियो । तर, उक्त निर्णयलाई सार्वजनिक गरिएको थिएन । साथै सरकारले यो निर्णय राजपत्रमा प्रकाशित पनि गरेको छैन ।
अघिल्लो सरकारले भूमि आयोगका जिल्ला अध्यक्षहरूलाई नियुक्ति दिनुअघि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । आयोग बनाइएको लामो समयपछि जिल्ला अध्यक्ष नियुक्त गरिएको हो ।
यी हुन आयोगका अध्यक्ष
ताप्लेजुङः कृष्णकुमार बस्नेत
इलामः भरत बहादुर खत्री
ओखलढुंगाः अशोककुमार कार्की
पाँचथरः दिनेशकुमार लावति
झापाः तिलकसिंह पाण्डे
सुनसरीः भगिरत खात्व
भोजपुरः दिलकुमार राई
काभ्रेः हरिबहादुर केसी
धादिङः कृष्णप्रसाद अर्याल
तनहुँः रामचन्द्र अधिकारी
कास्कीःगंगाप्रसाद पोखरेल
बागलुङः धर्मबहादुर कुँवर
लमजुङः दामोदर अधिकारी
रुपन्देहीः हरिबहादुर आचार्य
अर्घाखाँचीःयादव घिमिरे
गुल्मीः राम मल्ल ठकुरी
प्यूठानः इमानसिंह खड्का
सुर्खेतः श्रीधर पौडेल
दैलेखः नयराम थापा
डडेलधुराः शेरबहादुर भण्डारी
कञ्चनपुरःदेवेन्द्रराज ढुंगाना
उदयपुरः बलबहादुर तामाङ
प्रतिक्रिया दिनुहोस्