Ads

विमानस्थलमा यात्रुको चाप, छैन सुरक्षा मापदण्ड


सविना पौडेल

काठमाडौ । विश्वभरी फैलिरहको तेस्रो लहरको कोरोना भाइरको सक्रमण नेपालमा पनि बढ्दो क्रममा छ । तेस्रो लहरको सक्रमण समुदायमा फैलीन सुरु भएको छ । यबाट बच्न सरकारले स्वास्थ्य मापदण्ड पालन गर्न निर्देशन दिएको छ । तर राजधानीका कयौ यस्ता स्थानहरु छन् जहाँ भिडभाड हुन्छ । त्यहाँ नै स्वास्थ्य मापदण्ड अपनाएको देखिदैन । कनै नियमन निकायले ध्यान पुगाएको देखिन्छ ।

यो दृश्य हो त्रिभुवन विमानस्थलको । तिब्ररुपमा फैलिरहेको कोरोना संक्रमण र ओमिक्रोनको जोखिम बढेसङ्गै अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला नहुने निर्देशन जारी भएपनी निर्देशन अनुसारको नियम विमानस्थलमा सम्भव देखिदैन । विमानस्थलले सुरक्षाको आवश्यक मापदण्ड समेत पूरा गर्न सकिरहेको छैन । यात्रुको घुईचोका बिच भौतिक दुरि कायम, ज्वोरो चेकजाच, सोधपुछ जस्ता कुनै काम भएका छैनन् । यात्रुहरुले जोखिम मोलेर भएपनी यात्रा गर्न बाध्य भएका छन् । काठमाडौं विमानस्थलबाट नेपालगन्ज जाने एक यात्रु विमल कठायतले भने, विमानस्थलले भौतिक दुरिको ख्याल गर्दै स्यानिटाइजरको ब्यवस्था भएपनि गर्नु पर्ने हो, कुनै पनि सावधानी नपनाउदा संक्रमण अझ बढ्ने सम्भावना देखिन्छ ।
संक्रमणको बढ्दो जोखिम सङ्गै काठमाडौं छाडेर जाने यात्रुको चाप बढेकाले सुरक्षामा कठिनाई भएको विमानस्थलका कर्मचारी रोशन कार्कीको भनाई छ ।

५ सय क्षमता रहेको आन्तरिक विमानस्थलमा दैनिक ५ हजार यात्रु आउने गरेका छन् । एकातिर संक्रमणको त्रास अर्को तिर मौसमका कारण उडान ढिलो हुने गर्छ । उडान रोक्न पनि नसकिने र सुरक्षाका लागि मापदन्ड पूरा गर्न पनि निकै समस्या भएको उनले बताएका छन् ।
विमानस्थल कार्यालयले माक्सको अनिवार्य प्रयोग गर्दै आफैले सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू