काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरी फैलीएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेको कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझेपछि बोल्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।
नेकपा एमालेका नेता सुभाष नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्