Ads

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण


काठमाडौं ।
पछिल्ला केहिदिनयता कोरोना संक्रमणदर बढिरहेको छ । यसैक्रममा विभिन्न पार्टीका शिर्ष नेताहरुलाई पनि कोरोना संक्रमण पुष्टि भईरहेको छ । आज मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना पुष्टि भएको छ । उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।


फेसवुक पोष्ट मार्फत उपाध्यक्ष पौडेलले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको पनि जानकारी गरएका छन् ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको निकै तीव्र बनेको छ । नेकपा एमाले लगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना संक्रमण पुष्टि भईरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू