Ads

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट, सूनामीको चेतावनी


काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फोट भएको छ । ज्वालमुखी विस्फोटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् ।

पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विस्फोट भएको संचार माध्यम सीएनएनले जनाएको छ ।

पानी मुनि ज्वालामुखी विस्फोट भएको र सो विस्फोटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले आसपासको क्षेत्रमा विद्युत र संचार क्षेत्रमा असर पुगेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

ज्वालामुखीका कारण टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण भने आइसकेको छैन । त्यहाँका राजालाई सुरक्षित स्थानमा सारिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जापानले तटीय क्षेत्रमा तीन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै सतर्कताको सूचना जारी गरेको छ । अमेरिकाले पनि ठूला छालहरुसँगै बाढी पनि आउने सम्भावना रहेको जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू