Ads

काजकस्तानमा हिंसा जारी, दुइ सय २५ को मृत्यु


काठमाण्डौँ । काजकिस्तानमा विगत लामो समयदेखी जारी हिंसामा २ सय २५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धिको विरोधमा भैरहेको प्रदर्शनमा २ सय २५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।

प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्येष्टि गरेको छ । मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी समेत परेका छन् । यहि हिंसामा पहिले ५० जनाको मृत्यु भएको थियो । हिंसा बढ्दै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा रुसी नेतृत्वको सेना परिचालन गरिएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि हतियार नबिसाउने प्रदर्शनकारीलाई सरकारले गोली हान्ने आदेश समेत दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू