काठमाडौं । आइतबार बिहान १० बजे पोखराको लागी उडेको गुण एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ ।
विमान करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।
ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थलले जानकारी दिएकोको छ । सो जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्