Ads

विपत व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ०७२ मा गएको भूकम्पपछिका अनुभवले मुलुकमा भौतिक संरचना निर्माण बलियो भएको बताएका छन्। भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको पनि उनले बताए।

भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगले बलियो र सुदृढ संरचना बनाउन सफल भएको छ,’ २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

साथै भूकम्पपछि विपद व्यवस्थापन, राहत तथा उद्धार र विपद प्रतिकार्यमा गर्नुपर्ने कामबारे अनुभव प्राप्त भएको प्रधानमन्त्री देउवाले बताए।

‘विपत् व्यवस्थापनमा तीनवटै तहको सरकारले आपसी सहकार्य र समन्वय गर्नुपर्ने हुन्छ। भूकम्प आफैंमा समस्या होइन। अव्यवस्थित शहरीकरण, भूकम्प प्रतिरोधी भवन निर्माण नहुनु पनि हो,’ उनले भने, भवन संहिता पालना गरेर गुणस्तरीय भवन निर्माण गर्न सके प्रभावकारी हुन सक्छ। यसमा तीनवटै तहका सरकारको पनि ध्यान जानुपर्छ।’

Ads

सम्बन्धित पोष्टहरू