काठमाडौँ । पछिल्लो २४ घण्टामा चार हजार चार हजार नौ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
१२ हजार ५ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । मन्त्रालयका हनुसार दुइ हजार ५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । आज(आइतबार) १५ हजार १ सय ३१ जनाको पीसीआर र एन्टीजेन परिक्षण गर्दा चार हजार नौ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा तीन् जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ३५ जना डिस्चार्ज भएका छन् । बढ्दो संक्रमणबाट बच्नका लागी सुरक्षा मापदण्ड अपनाउन मन्त्रालयले अस्पताल र सर्वसाधरणलाई अनुरोध समेत गरिरहेको छ ।
देशभर अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्