काठमाडौँ । इलामको अन्तु भ्याली टी कारखानामा भएको आगलागीलाई नियन्त्रणमा ल्याउने प्रयास अझै जारी छ । सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको टि कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।
इलाम टी प्रोर्डयुस प्रा.लिद्वारा संचालित कारखानामा लागेको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आगो पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्ने छ । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केहि संरचनाहरु भत्काउन परेको थियो । आगलागीबाट भएको क्षति र आगलागिको कारण अझै आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्