Ads

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने


काठमाडौं । प्रदेश नं.२ को नाम र स्थायी राजधानीको लागि मतदान हुने भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेपछि अन्तः मतदानबाटै नाम र राजधानी टुंगो लाग्ने भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले चारवटा नाम र तीन वटा प्रस्ताव राजधानीका लागिका थिए । तर प्रदेश सभामा सहमति जुट्न सकेन । सहमति नभएपछि मतदान हुने भएको हो ।

सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।

सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ ।बैठक पछि राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि मतदान हुनेछ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ ।

जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ ।

त्यसैरि, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ ।

छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् । सहमति हुदा होस कि मतदान हुदा दुई तिहाइ पुग्नु पर्छ ।

प्रदेश सभामा सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्‍याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।

 

Ads

सम्बन्धित पोष्टहरू