Ads

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उनको सचिवालयले बताएको छ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । एन्टिजेनमा पोजेटिभ देखिएपछि दुवैले पीसीआरका लागि स्वाव दिएका छन् ।

मन्त्री आले पछिल्लो पटक विभिन्न कार्यक्रममा सहभागी भएका थिए । आइतबार मात्रै उनी पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालाका साथै नारायणहिटी संग्रहालयको अवलोकनमा पुगेका थिए ।

सचिवालयले आफूहरूको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू