काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटवार्तामा स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न सरकार संचालन समन्वय समितिको बैठक बोलाइएको छ। बैठक मंगलबार बिहान १० बजे बोलाएको प्रचण्डका स्वीकय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लले भने, ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज बिहान कुराकानी भयो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सरकार संचालन समन्वय समितिको बैठक बोलाएको छ ।’
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन।
प्रतिक्रिया दिनुहोस्