काठमाडौं । प्रदेश नं. २ को स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव मतदानबाट पारित भएको छ । कुल १०४ सदस्य रहेको प्रदेश नं. २ प्रदेश सभाको सोमबार भएको मतदानमा ९९ जना सहभागी थिए जसमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।
प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए ।
प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरे ।
एक घण्टापछि अर्को बैठक बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्