काठमाडौं । नेकपा (एमाले) ले २५ जनाभन्दा बढीको सहभागिता हुने सबै कार्यक्रम स्थगन गरेको छ । सोमबार पार्टी पंक्तिलाई निर्देशन दिदै २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम नगर्न भनिएको छ ।
सोमबार आन्तरिक सर्कुलर जारी गर्दैै एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।
यस्ता छन् एमालेको निर्देशन
१. सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।
२.२५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।
३.पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।
४.पार्टीका स्थानीय कमिटी, नेता कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।
प्रतिक्रिया दिनुहोस्