काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसंगै सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य सुरु गदैछ । सेवा कटौती गृहकार्यका लागी सर्वोच्च अदालतको आज दिउँसो पूर्ण बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र अरु न्यायाधीशहरुको उपस्थितीमा सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले जनाएको हो।
संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिईरहेको छ ।
कोरोनाको पहिलो र दोस्रोमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्