Ads

स्थानीय तहको निर्वाचन वैशाखमै गर्नेमा सत्ता गठबन्धन तयार


काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएको बताएका छन् । यसको विषयमा केहि थप गृहकार्य गर्नका लागी अर्को बैठक बस्ने नेताहरूले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज(मंगलबार) बसेको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिएका हुन् । कार्कीले यसका लागि सरकारले निर्वाचन आयोगसँग निरन्तर छलफल गरिरहेको पनि बताएका छन् । कार्कीका अनुसार बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुने भएकाले सोही बैठकबाट निर्वाचनको मिति तोकिने सम्भावना रहेको छ ।

केही दिन अघि स्थानीय तहको चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको हो ।

स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिनु २ महिना अगाडि नै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने छ । कार्यकाल ५ वर्षको हुने र विशेष अवस्थामा मात्रै ६ महिना म्याद थप गर्न सकिने व्यवस्था संविधानमा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू